जम्मू-कश्मीर मुद्दाबारे ट्रम्पले मोदी र इमरानसँग गरे फोन वार्ता



काठमाडौं : जम्मू-कश्मीर मुद्दाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेका छन् । 

ट्रम्पले ट्वीट गर्दै यसबारे जानकारी दिए । परिस्थिति अप्ठ्यारो भएपनि सकारात्मक कुराकानी भएको जानकारी ट्रम्पले ट्वीटरमार्फत् दिए । 

उनले लेखेका छन्, ‘मेरा दुवै साथीहरु भारतका प्रधानमन्त्री मोदी र पाकिस्तानका प्रधानमन्त्री खानसँग व्यापार, रणनीतिक साझेदारी तथा भारत र पाकिस्तानबीच काश्मीरमा देखिएको तनाव कम गर्नेबारे कुरा भयो । परिस्थिति अप्ठ्यारो छ, तर कुराकानी राम्रो भयो ।’

भारतले संविधानको धारा ३७० खारेज गरेर जम्मू कश्मीरको विशेष दर्जा खोसे पश्चात अमेरिकी राष्ट्रपति ट्रम्पसँग गरिएको वार्तालाई अर्थपूर्ण मानिएको छ । किनभने जम्मू कश्मीर मुद्दा संयुक्त राष्ट्रसंघको राष्ट्रिय सुरक्षा परिषदमा पनि पुगिसकेको छ ।

यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अफिसियल ट्वीटरमा लेखिएको छ, ‘३० मिनेटको कुराकानीमा द्विपक्षीय र क्षेत्रीय मामलाबारे छलफल भयो र सौहार्दतामा जोड दिइयो जुन दुवै नेताबीचको सम्बन्धको विशेषता हो ।’

प्रतिक्रिया दिनुहोस्