पूर्व–पश्चिम राजमार्ग ३० घण्टापछि संचालनमा



नवलपुर: अरुणखोला पुल भाँचिएपछि निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आएको छ । डाइभर्सन मर्मत गरेर झण्डै ३० घण्टापछि मंगलबार बिहान एकतर्फी सञ्चालनमा ल्याइएको थियो ।

अहिले दुवैतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । गएको साउन २९ गते अरुणखोला पुलमा ट्रक ठोक्किएर पुल भाँचिएपछि यातायात सञ्चालनमा समस्या भइरहेको छ । डाइभर्सन बनाएर यातायात संचालनलाइ सहज बनाइएपनि  बाढीकाकारण  डाइभर्सन बगाउदा यातायात अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्