रवि लामिछाने सहित तीनै जनालाई चितवन अदालत लगियो



चितवन : पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने सहित तीन जनालाई चितवन जिल्ला अदालत उपस्थित गराइएको छ । आज (मंगलवार) विहान दश बजे नै उनिहरुलाई अदालत पुर्‍याइएको हो ।

पाँच दिनको अनुसन्धान र बयानपछि छैठौ दिनमा अदालत उपस्थित गराइएको चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिए । अदालत पेस गरिएकोमा लामिछाने सहित न्यू २४ मा कार्यरत पत्रकार युवराज कँडेल, र रुकु भनिने अस्मिता कार्की रहेका छन् ।

उनिहरुलाई पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको अभियोग लागेको छ । आज अदालतबाट म्याद थप वा मुद्ध दर्ता मध्य एक हुनेछ । जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले अनुसन्धानको फाइल अनुसरमा अदालतको प्रकृया अघि बढ्ने बताए । 

प्रतिक्रिया दिनुहोस्