मेस्सी र इब्राहिमोभिचसहित १० खेलाडी ‘पुस्कास अवार्ड’को मनोनयनमा, कसले मार्ला बाजी ?



काठमाडौं : फिफाले वर्षको उत्कृष्ट गोल पुस्कास अवार्डका लागि मनोनयनमा पर्ने १० खेलाडीको नाम सार्वजनिक गरेको छ।

फिफाले अन्तिम १२ महिनाभित्रको उत्कृष्ट गोललाई यो पुरस्कार प्रदान गर्नेछ। जसमा स्टार खेलाडीद्वय लियोनल मेस्सी तथा ज्लाटन इब्राहिमोभिच पनि परेका छन्।

बार्सिलोनाका कप्तान लियोनल मेस्सी तथा एल ए ग्यालेक्सिका ज्लाटान इब्राहिमोभिचको गोल पनि मनोनयमा परेको हो। मेस्सीको ला लिगाअन्तर्गत रियल बेटिसविरुद्ध गरेको गोल मनोनयनमा पर्दा इब्राहिमोभिचको एमएलसअन्तर्गत टोरोन्टोविरुद्धको गोल परेको हो।

यी दुईबाहेक क्रिस्टल प्यालेसका आन्द्रोस टाउनसेन्ड, आरबी लेइपजीगका माथिउस कुन्हा, साम्पोडोरियाका फाबियो क्वाग्लीरेल्ला, रिभर प्लेटका जुवानफर क्विनटेरो, उटाह रोयल्सका यमी रोड्रीगेज, क्लिफ्टनभिल्लेकी विली सिम्पसन, क्यामरुनकी अजारा एनचट र डेबक्रीनका डानिल सोरी पनि मनोनयनमा परेका हुन्।

यो पुरस्कार उत्कृष्ट गोलका आधारमा दिने पुरस्कार हो। जसको घोषणा सेप्टेम्बरमा गरिने फिफाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्