युभेन्टसका प्रशिक्षक सार्री अस्पताल भर्ना 



काठमाडौं : इटालियन क्लब युभेन्टसका प्रशिक्षक माउरिजियो सार्रीलाई निमोनिया भएको छ। निमोनियाले ग्रस्त भएपछि सार्री अस्पताल भर्ना भएका छन्। उनको टुरिनको एक अस्पतालमा उपचार भइरहेको बताइएको छ।

चेल्सीका पूर्व प्रशिक्षक समेत रहेका ६० वर्षीय सार्रीलाई सुरुवातमा सामान्य ज्वरो आएको भनिएपनि पछि उनलाई विस्तृत परिक्षणपछि निमोनिया लागेको पत्ता लागेको हो। निमोनियाले ग्रस्त भएपछि सार्री सोमबार भएको ट्रिसटिनाविरुद्धको मैत्रीपूर्ण खेलमा समेत उपस्थित भएका थिएनन्।

इटालियन सिरी ‘ए’ अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा समेत सार्री अनुपस्थित हुने बताइएको छ। युभेन्ट्सले सिजनको पहिलो खेल शनिबार पर्मासँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्