धुलोधुवा नियन्त्रणमा कहाँ चुक्यो महानगर? 



काठमाडौं : काठमाडौं उपत्यकामा धुलाधुवाको विषयमा बहस हुनु कुनै नौलो कुरा हैन। धुवाधुलोको विषयमा कुरा गर्दागर्दा वाक्क–दिक्क भइसकेका छन् उपत्यकावासी। स्थानीयवासी मात्र हैन महानगर पानी दिक्क भइसक्यो,‘काठमाडौंमा धुलोधुवा कहिले कम हुन्छ?’ भन्ने प्रश्नबाट।

वाक्क–दिक्क पनि नहोउन कसरी यतिका वर्षदेखि धुवाधुलो कहिले कम हुन्छ ? भन्ने प्रश्न गर्दा र उत्तर दिँदा। पछिल्लो समय उपत्यकावासीलाई धुवाधुलोबारे धेरै चासो लाग्नुको कारण पनि छ । त्यो कारण के हो भन्दा,‘काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निर्वाचनमा काठमाडौंलाई ‘क्लिन, ग्रिन र नो माक्स सिटी’ बनाउछु भनेर प्रतिबद्धता जनाउनु।’ निर्वाचन जितेर मेयर बनेको यतिका समय भइसक्यो तर धुवाधुलो खै त कम भएको?

पछिल्लो समय महानगरले उपत्यकाको धुलो कम गराउन काम नगरेको पनि होइनन्। विभिन्न समयमा अनेकौं प्रयासहरू गरिरहेको देख्न सक्छौं। तर, उपलब्धि भने हातमा लाग्यो शून्य। 

महानगरले काठमाडौंको धुलो नियन्त्रण गर्नकै लागि बु्रमर, सडकका पेटी पखाल्नको लागि जेट मेसिनको पनि प्रयोग गर्दै आएको छ। अहिले काठमाडौं महानगरले मात्र हैन ललितपुर महानगरले पनि बु्रमर र पानी ट्याकंर ल्याएको छ। यसरी करोडौं खर्च गर्दा पनि महानगरले उपत्यकाको धुलो कम गर्न सकेको छैन। अहिले त झन् वर्षाको समय पानी परेर रोकिएपछि धुलो उडेर हैरान बनाउने कोटेश्वरमा बस्ने ललिता श्रेष्ठ बताउँछिन्।

उनी भन्छिन्, ‘पानीले कहाँकहाँको धुलो बगाएर ल्याउ छ अनि पानी सुकिसकेपछि यति धेरै धुलो उड्छ। ‘धुवाधुलोले घाटी दुख्ने, रुघा लाग्ने, जिउ चिलाउने, आँखा दुख्ने, स्वास फेर्न समस्या हुने गर्छ। खै त सडकको धुलो कम भएको। सडकको धुलो त बढारी रहेका देख्न सक्छौं।  तर, कहिले कम हुँदैन। सडकको जताततै खाल्डाखुल्डी छ। अनि कसरी धुलो नउडोस् त? उपत्यकावासी भन्छन्, ‘सुरुमा त के कारणले धुवाधुलो भइरहेको छ त्यो पहिचान गरेर न्यूनीकरणको उपाय अपनाउन पो आवश्यक छ।हचुवाको भरमा मेसिन मात्र ल्याएर हुँदैन नि?’

हुन पनि हो सडकको धुलो बढारेर काठमाडौं उत्पयकालाई सफा बनाउने महानगरको योजना असफल जस्तै भएको छ।यता महानगरलाई सोध्यो जहिले काम गरिरहेका छौं भन्छन्। काठमाडौं महानगरका वातावरण व्यवस्था विभागका प्रमुख हरि कुमार श्रेष्ठ भन्छन्, ‘महानगरको धुलोधुवा नियन्त्रण गर्न हामी डटेर लागि परेका छौं। यो वर्षायाममा हामीले ब्रुमर सञ्चालन गर्न सकिरहेका छैनौं। त्यही भएर पनि यो समयमा धुलो बढि उडेको।’

उनी भन्छन्, ‘हामीले ब्रुमर चलाउने भनेको बेलुकाको समयमा हो। हामी बेलुकाको समयमा ब्रुमरले सफा गछौं। र राति पानी परेर कहाँकहाँको धुलो बगाएर ल्याउछ। अती भोलिपल्ट जस्तोको त्यस्तै हुन्छ। त्यसकारण अहिले ब्रुमर पनि सञ्लाचन गरेका छैनौं। अनि सडक पनि खाल्डाखुल्डी परेको छ। यो समयमा पानी परेर खाल्डाखुल्डी पुर्न पनि समस्या भइरहेको छ अब पानी पर्न रोकिएपछि स्थायी रूपमै धुवाधुलो न्यूनीकरण गर्ने योजना बनाइरहेका छौं । अब चाडैं केहिहदसम्म कम हुन्छ।’

Image result for धुलो

यता वातावरणविद् भुषण तुलाधरले धुलो उठाएर र पखालेर मात्र कम नहुने बताउँछन्। उनी भन्छन्, ‘काठमाडौं उपत्यकामा धुलो कहाँबाट आइरहेको छ ?त्यो श्रोतहरूको पहिला पहिचान गर्नुपर्छ।’ उनका अनुसार अव्यवस्थित सडक निर्माण कार्य, सडकका खाल्डाखुल्डी, इट्टा भट्टाबाट निस्केका धुवा, पुनर्निर्माण लगाएतका कारणले धुलो कम नभएको हो।

विकासको नाममा गरिने तोडफोड रोकिनु जरूरी छ। बिहान सडक खनिएको छ भने रातिसम्म त्यो पुरेर कालोपत्रे गनुपर्छ। विकास वैज्ञानिक ढंगले गर्न सकियो भने, समय समयमा गाडी र सडकको मर्मत गरियो भने त उपत्यकाको धुलो केही हदसम्म कम हुन्छ।

त्यसैगरी सबैभन्दा धेरै धुलो त नाकाबाट प्रवेश गर्ने गाडीहरूले लिएर आउँछन् तिनको पनि व्यवस्था गर्न सकियो भने प्रदूषणलाई न्यूनीकरण गर्न सकिन्छ। सडकमा उत्पन्न भएको धुलो, बाहिरबाट आउने धुलो, निर्माणका लागि भत्काइएका संरचना र सडकमा थुपारिएका फोहोरहरूलाई निरूत्साहित गर्नमा महानगर चुकेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्