बसको ठक्करबाट साइकल यात्रीको मृत्यु



नवलपरासी : नवलपरासीको चोरमारामा बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। मृत्यु हुनेमा भारतको मोतिहारी बलुवा घर भई हाल मध्यविन्दु नगरपालिका ७ चोरमारामा बस्ने ३६ वर्षका मोहम्मद साहबिर आलमको मृत्यु भएको हो।

काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ४८६ नम्बरको बसको ठक्करबाट साइकल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताए। उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्