भारतको कल्याणमीमा यु–१५ नेपाली टोलीको तयारी (फोटो फिचर)



काठमाडौं : पाँचौं संस्करणको यु–१५ साफ च्याम्पियनसिप बुधबारबाट भारतको कल्याणीमा सुरु हुँदैछ। भारतको कल्याणीमा हुने प्रतियोगिताका लागि नेपाली टोली कल्याणी पुगिसकेको छ।

प्रतियोगिताअघि नेपालले मंगलबार अन्तिम तयारी स्वरुप कल्याणी रंगशालामा अभ्यास गरेको छ। नेपाली टोली सुनिल श्रेष्ठको प्रशिक्षणमा भारत पुगेको हो। नेपालले हालसम्म यु–१५ को उपाधि जित्न सकेको छैन।

Image may contain: 22 people, people smiling, sky and outdoor

उपाधि जित्ने लक्ष्य लिएको नेपाली टिमले प्रदेश–१ को इटहरीमा तयारी गरेको थियो। प्रतियोगितामा नेपालसहित साविक विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन्।

Image may contain: 2 people, people standing, grass, tree, child, sky, outdoor and nature

राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन्। नेपालले बुधबार भारतको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

Image may contain: 5 people, people playing sports and outdoor

 

प्रतिक्रिया दिनुहोस्