वित्त मन्त्री राजेश अग्रवालले दिए राजीनामा



काठमाडौं : भारतीय वित्त मन्त्री राजेश अग्रवालले राजीनामा दिएका छन् । बुधबार हुने पहिलो क्याविनेट विस्तारको एक दिन अगाडी योगी सरकारमा वित्त मन्त्री अग्रवालले स्वास्थ्यको कारण देखाउँदै मन्त्रिमण्डबाट राजीनामा दिएका हुन् । 

प्राप्त समाचारका अनुसार वित्त मन्त्री अग्रवालले दुई दिन पहिला मुख्यमन्त्रीलाई राजीनामा पत्र दिएका थिए । 

स्वास्थ्य र बढ्दो उमेरको कारण देखाउदै उनले राजीनमा दिएको बताइएको छ । तर, उनले दिएको राजीनामाका विषयमा कुनै फैसला भयो वा भएको छैन त्यस विषयमा कुनै जानकारी प्राप्त भएको छैन । 

लगातार बीजेपी विधायक रहेका ७५ वर्षीय अग्रवाल कद्दावर नेतामध्ये एक हुन् । 

‘म ७५ वर्षको हुँदै छु । पार्टीको रिति–निति अनुसार आफ्नो राजीनामा पत्र बीजेपी नेतृत्वलाई दुई दिन पहिला नै दिइसकेको छु’ उनले राजीनामा पत्रमा लेखेका छन्, ‘मेरो ठाउँमा नयाँ अनुहार र योग्य व्यक्तिको काम गर्ने अवसर दिइयोस् ।’ 

साथै उनले प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय अध्यक्ष अमित शाहसँग पार्टी संगठनका लागि काम गर्दै रहेको समेत बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्