फेसबुकमा खुकुरी देखाउँदै ओली, प्रचण्ड र देउवालाई ‘काट्छु’ भन्ने एक युवक पक्राउ



काठमाडौं : सामाजिक सञ्जाल फेसबुकमा खुकुरी देखाएर प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवालाई काट्छु भन्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराका सागर क्षेत्री रहेका छन्।

नेताहरुलाई गाली गरेको आरोपमा क्षेत्रीलाई बाराबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए। पक्राउ परेका क्षत्रीलाई काठमाडौं ल्याइँदै छ।

उनले पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई समर्थन गर्दै नेताहरुलाई अपशब्द बोल्दै  भिडियोमार्फत खुकुरी देखाउँदै काट्छु भनेकाले पक्राउ गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्