जनकपुरमा गोविन्द पूजा ६ र ७ गते



जनकपुरधाम : जनकपुरमा गोविन्द पूजा भव्य र हर्षाेल्लासका साथ मनाउन लागेकोे छ । जनकपुर उपमहानगरपालिका ४ स्थित बाबा गणिनाथ गोविन्द मन्दिरमा कानु समाज नेपाल धनुषाले दुई दिवसीय पूजा भव्यताका साथ मनाउन लागेको हो । 

दुई दिवसीय पूजा अन्तर्गत भदौ ६ र ७ गते हुने कानु समाज नेपाल धनुषाका अध्यक्ष राज कुमार साहले बताए । 

६ गते शुक्रबार विशेष मंगलपाठ हुने भएको छ भने शनिबार ७ गते गंगा सागरबाट ५१ वटा कलश भरी नगरमा रयाली निकालिने, गहवर पूजा, दिउँसो भजन सन्ध्या कार्यक्रम र अतिथिहरुलाई सम्मान गरिने अधयक्ष साहले बताए । 

४ वर्षदेखि निरन्तर रुपमा जनकपुरधाम उपमहानगरपालिका ४ स्वर्गद्वारीस्थित मनाउदै आइरहेको कानु समाज नेपाल धनुषाले गणिनाथ गोविन्दको पुजा गरिदै आइरहेको छ ।  बाबा गाणिनाथ गोविन्दको पूजा जनकपुरधामसहित काठमाडौं, मधेशको विभिन्न जिल्ला तथा भारतको दिल्ली, हरियाना, बंगाल, मध्यप्रदेश, झारखण्ड, उत्तराञ्चल, आसाम, छत्तीसगढ र विहारको मधुबवी, दरभंगा लगायतको जिल्लाहरुमा प्रत्येक वर्ष धुमधामका साथ मनाउने गरेका छन । नेपाल र भारतमा बस्नेलाखौ हिन्दुधर्माम्लबीहरुले आआफ्नो घरमा कुल देवताको रुपमा बाबा गणिनाथ गोविन्दको पूजा गर्ने गरेको छ । त्रिलोकीनाथ महादेवको अंशको रुपमा रहेका गणिनाथ पाँच वर्षकै उमेरमा आफ्नो अनेक लिला प्रदर्शन गरेका थिए । 

बाल्यकालमै घरबाट निस्केर यत्रतत्र घुम्दै विक्रमशीला विश्व विद्यालयमा पुगेर उच्च शिक्षा प्राप्त गरेका थिए । यता उपमहानगपालिकाको दुधमती पुल बेला स्थित प्रत्येक वर्ष बाबा गोविन्दको पुजनोत्सव हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्