इटालीका प्रधानमन्त्री कोन्टेद्वारा राजिनामा दिने घोषणा



इटालीका प्रधानमन्त्री जिसेपी कोन्टे राजिनामा दिने तयारीमा रहेका छन् । 

आफूले राष्ट्रपतिलाई भेट गरी छिट्टै राजिनामा दिने तयारीमा रहेको प्रधानमन्त्री जिसेपीले बताए ।

मङ्गलबार दिउसो संसदलाई गरेको सम्बोधनमा संसदमा चलेको बहस सकिनासाथ आफूले राष्ट्रपतिलाई भेटेर राजिनामा दिन लागेको खुलासा गरेको इटालीका सञ्चारमाध्यमहरूले जनाएका छन् । 

संसदमा प्रधानमन्त्रीविरूद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव छलफल भइरहेको र प्रधानमन्त्रीले आफ्नो पक्षमा सांसदहरूको बहुमत नपुग्ने देखेपछि उक्त घोषणा गरिएको हो ।

प्रधानमन्त्री कोन्टेलाई उद्धृत गर्दै इटालीका सञ्चारमाध्यमले भनेका छन्, “संसदको बैठक सकिँदासाथ मैले राष्ट्रपतिलाई सरकारमा रहँदाको अनुभव आदानप्रदान गर्ने र राजिनामा दिने निर्णय लिएको छु ।”

प्रतिक्रिया दिनुहोस्