बायर्नका लिजेन्ड फुटबलर रिबेरी फियोरेन्टिनामा



काठमाडौं : जर्मन क्लब बायर्न म्युनिखका लिजेन्ड फ्रान्क रिबेरी इटालियन क्लब फियोरेन्टिनामा अनुबन्धित भएका छन्। सिरी ‘ए’ क्लब फियोरेन्टिनाले रिबेरीलाई फ्रि ट्रान्सफरमा क्बलमा अनुबन्धन गरेको हो।

३६ वर्षीय रिबेरीले फियोरेन्टिनासँग २ वर्षका लागि सहमति गरेको जनाइएको छ। रिबेरीले अघिल्लो सिजन बायर्नबाट बिदा लिएका थिए। उनले बायर्नमा १२ वर्ष बिताएका थिए।

सन् २००७ देखि २०१९ सम्ममा उनले २ सय ७३ खेलमा ८६ गोल गरे। उनले बायर्नबाट ९ पटक बुन्डेस लिगाको उपाधि जितेका थिए। उनले इटाली पुगेपछि आफू धेरै खुशी भएको र परिवारसँगै इटाली आएको जनाएका छन्।

उनले भने,‘म धेरै खुसी छु, म यहाँ परिवारसँग छु। मैले फियोरेन्टिनासँग बितेका केही हप्तादेखि नै कुरा गरेको थिएँ। मैले मेरा पूर्वसहकर्मी टोनीसँग कुरा गरेको थिएँ। उनले मलाई बायर्न महान क्लब भएको बताएका थिए।’

प्रतिक्रिया दिनुहोस्