पर्सा र बारामा करेन्ट लागेर २ जनाको मृत्यु 



वीरगन्ज : पर्साको जगरनाथपुर गाउँपालिकामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ। गाउँपालिकाको वडा नम्बर १ पाण्डेपुरका २५ वर्षीय असरफ राउत गद्दीको बुधबार दिउँसो करेन्ट लागेर ज्यान गएको हो।

सोही गाउँपालिकामा ज्यान गुमाएकी उषा गद्दीको मलामीबाट फर्केका असरफको धारामा नुहाउन जादा जडान गरिएको मोटरमा आएको करेन्ट लागि मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर घाइते भएका असरफलाई परिवारले उद्दार गरी पोखरिया अस्पतालमा पुर्याएका थिए। तर, अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेपछि पोस्टमार्टमको लागि शवलाई वीरगन्जको नारायणी अस्पतालमा राखिएको छ।

यस्तै बारामा पनि करेन्ट लागेर एक मजदुरको ज्यान गएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ मा रहेको गणपती बनस्पति ध्युमा काम गर्ने मजदुर वीरगन्ज महानगरपालिका २८ परवानीपुरका कृष्ण सहनीको ज्यान गएको बारा प्रहरीले जनाएको छ।

उद्योगमा भइरहेको ढलानमा काम गरिरहेका सहनीलाई करेन्ट लागेको थियो। करेन्ट लागि गम्भीर घाइते भएका सहनीको अस्पताल लादै गर्दा बीच बाटोमै ज्यान गएको हो। शव पोस्टमार्टम पश्चात् आफन्तको जिम्मा लगाइएको बारा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्