अछाममा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन घाइते



अछाम : मुजाबगरबाट जयगढ आउँदै गरेको से १ ज ९९५ नम्बरको जिप जयगढ–माँझेठाना सडक खण्ड अन्तर्गत सुकिबाग डिल्ली बजार नजिक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । साथै तीन जना घाइते भएका छन् । 

जयगढ गाउँपालिकामा बुधबार राति जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । 

मृत्यु हुनेमा सोही गाउँपालिका ४ का अशोक परियार र बान्नीगढी जयगढ ४ कै काले परियार र बैतडी घर भइ अछाममा सवारी चालकको काम गर्दै आएका लाल बोहराको उपचारका क्रममा बयालपाटा अस्पतालमाज्यान गएको जिल्ला प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले बताए ।

घाइते हुनेमा बान्नीगढी जयगढ गाउँपालिका–४ का तर्क तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिकाका सवारी चालक जङिर चौधरी, कैलाली धनगढी उपमहानगरपालिकाका घनश्याम चौधरी रहेका डिएसपी शाहीले बताए । 

घाइतेहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्