कपाल झर्नुका मुख्य कारण र समाधानको घरेलु उपाय



आजकाल कम उमेरमा कपाल झर्ने समस्याबाट मानिसहरु पीडित भइरहेका हुन्छन् । कपाल झर्नुमा विभिन्न कारण हुन्छन् । तीमध्ये एक हो खानपानमा लापरवाही । यदि खानामा प्रोटीनको कमी भयो भने कपाल झर्ने समस्या हुन सक्छ । यसैले प्रोटीन र आइरनयुक्त खाद्यपदार्थ खानुपर्छ । हरियो सागसब्जी, अण्डा आदि दैनिक खानामा समावेश गर्नुपर्छ।

बढ्दो उमेर पनि तालु खुईलिने कारण हुन्छ । किनभने उमेर वृद्धिसंगै रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ, जसबाट हर्मोन प्रभावित हुन्छ र कपाल झर्न थाल्छ । तर कपाललाई राम्ररी हेरविचार गर्ने हो भने झर्ने समस्या कम गर्न सकिन्छ । 

स्याहार गर्ने तरिकाका कारण पनि कपाल झर्छ । खासगरी महिलाहरुले कपाललाई कसेर बाँध्दा रौंको फोलिकल्समा रक्तसन्चार राम्ररी हुन पाउँदैंन, जसका कारण रौं मर्छ र झर्न थाल्छ । यसैले त्यस्तो खालको हेयरस्टाइल चयन गर्नुस् जसबाट रौंमा रक्तसन्चार राम्रो होस् ।

युवा अवस्थामा गर्भनिरोधक औषधि बढी प्रयोग गर्दा पनि कपाल झर्ने समस्या हुनसक्छ । गर्भनिरोधक औषधिले हार्मोनल असन्तुलन हुन्छ । यस्तै केमोथेरापी, टाउको दुखेको, थाइराइड र ज्वरोको औषधि पनि कपाल झर्नुमा कारक हुन्छन् । 

Image result for कपाल झर्नु

यस्तै, अर्को कारण हो आनुवंशिक । यदि घरमा परिवारका कुनै पनि सदस्यलाई तालु खुईलिने समस्या छ भने पनि कपाल झर्न सक्छ। टाउकोमा कुनै पनि प्रकारको फंगल इन्फेक्सन छ भने पनि कपाल झर्न सक्छ । तर उपचार पछि यसको समाधान हुन्छ । 

परिवर्तित फेसनले कपडामा मात्र होइन, कपालमा पनि अनेक खालको परिवर्तन आइरहेको छ । युवाहरु फेसनका लागि कपालमा पनि नयाँ नयाँ खालका जेल, कलर प्रयोग गरिरहन्छन् र कपालमा विभिन्न खालका रसायन प्रयोग गर्छन्  । जसका कारण कपाल झर्छ । 

शरीरमा आउने हार्मोनको परिवर्तनले तालु खुईलिने समस्या आउछ । महिलामा एस्ट्रोजन हार्मोनको मात्रा बढी हुने समस्यालाई हाइपरथाइराइड भनिन्छ । यस्तो अवस्थामा तालु खुईलिन्छ । अनुसन्धानकर्ताका अनुसार उमेर बढेसससंगै सेक्स हार्मोनको स्तर कम हुन्छ र पुरुषमा कपाल झर्ने समस्या हुन्छ । बडी बनाउने स्टेरोइडको बढी प्रयोगले पनि कपाल झर्छ । स्टेरोइडले हार्मोन असन्तुलन हुन्छ र तालु खुईलिने समस्या निम्तन्छन् । 

समाधानको उपाय

प्याज र कागती

शिरमा जहाँ जहाँ कपाल कम छ दैनिक बराबर मात्रामा प्याज र कागतीको रस लगाउनुस्। रस लगाएको आधा घण्टा पनि टाउको पखाल्नुस्।

हरियो धनियाँ

कपालको जरामा हरियो धनियाँको रस लगाउनुस्। १५ मिनेट पनि पखाल्नुस्। यसले कपाल बाक्लो आउँछ अनि चमक पनि बढ्छ।

निम र अमला

निमको पात र अमला पानीमा उमाल्नुस्। पानी सेलाएपछि यही पानीले टाउको पखाल्नुस्। हप्तामा कम्तिमा २ पटक यसो गर्नुस्।

केरा

केराको पेस्टमा कागतीको रस मिलाइ कपालमा लगाउनुस् अनि आधा घण्टा पनि कपाल धुनुस्।

प्रतिक्रिया दिनुहोस्