बालाजु क्षेत्रमा आगलागी, सशस्त्र प्रहरीको गाडीसहित ५ गाडी जलेर नष्ट



काठमाडौं : बालाजु औद्योगीक क्षेत्रमा आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको फोर्स मोटर ग्यारेजमा बिहीबार बिहान ११ः४० बजेबाट आगलागि भएको प्रहरी वृत्त बालाजुले जनाएको छ ।

बालाजु प्रहरीका अनुसार आगो निभाउनका लागि तीनवटा दमकल तथा ५–७ वटा पानीका ट्याङ्कर परिचालन गरी मध्याह्न १२ः२५ मा आगो नियन्त्रणमा लिइएको जनाएको छ ।

आगलागीको कारण ग्यारेजमा रहेको ४ वटा गाडी र बनाउन ल्याएको सशस्त्रको एउटा गाडी जलेको छ । 

प्रतिक्रिया दिनुहोस्