विप्लवका नवलपरासी जनसरकार प्रमुख समातिए



 नवलपरासी : नेत्र विक्रम चन्द विप्लव समूहका जनसरकार प्रमुख पक्राउ परेका छन् । जिल्ला सदस्य समेत रहेका प्रेम प्रसाद ढकाल पक्राउ परेका हुन् । 

सुनवल नगरपालिका–१३, बडेरास्थित उनकै घरबाटै गएराति ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय, पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यलयमा राखी आवश्यक अनुसन्धान थालिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्