अमेरिकाबाट पैसा पठाउनेलाई फाइदा , यस्तो छ आजको विनिमय दर



काठमाडौँ : शुक्रवार अमेरिकी डलरको भाउ बढेर १ सय १५ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्रबैंकले शुक्रवार एक अमेरिकी डलरको खरिद दर ११४ रुपैयाँ ६० पैसा र बिक्रीदर ११५ रुपैयाँ २० पैसा तोकेको छ । यस्तै साउदी रियालको मूल्य आज यसको १ को खरिद दर ३० रुपैयाँ ५६ पैसा र बिक्री दर ३० रुपैयाँ ७२ पैसा पुगेको छ ।

शुक्रवार कतारी रियाल १ को खरिद दर ३१ रुपैयाँ ४८ पैसा र बिक्री दर ६४ पैसा पुगेको छ । युएई दिर्हाम १ को खरिद दर ३१ रुपैयाँ २० पैसा र बिक्री दर ३१ रुपैयाँ ३६ पैसा तोकेको छ ।  यस्तै मलेसियन रिंगिटको भाउ  १ को खरिद दर २७ रुपैयाँ ३६ पैसा र बिक्री दर २७ रुपैयाँ ५० पैसा पुगेको छ ।

शुक्रवार कोरियन वनको भाउ १ सयको खरिद दर ९ रुपैयाँ ४७ पैसा र बिक्री दर ९ रुपैयाँ ५२ पैसा पुगेको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रवार कुवेती दिनार १ को खरिद दर ३७६ रुपैयाँ ८० पैसा र बिक्री दर ३७८ रुपैयाँ ७७ पैसा तोकेको छ । यस्तै बहराइन दिनारको मू१ को खरिद दर ३०३ रुपैयाँ ९५ पैसा र बिक्री दर ३०५ रुपैयाँ ५४ पैसा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्