पूर्वाञ्चल विश्वविद्यालमा चलखेल, होटलमा प्राध्यापकको अन्तर्वार्ता 



काठमाडौं : पूर्वाञ्चल विश्वविद्यालय, सेवा आयोगका अध्यक्ष बद्रिनाथ श्रेष्ठले विश्व विद्यालयको ऐन, नियम विपरित काठमाडौंको एक होटलमा प्राध्यापक र सहप्राध्यापकको परीक्षा लिएको खुलासा भएको छ । उनले २ भदौमा प्राध्यापक र सहप्राध्यापकको परीक्षा लिएको बाहिरिएसँगै यस विषयमा विश्वविद्यालयभित्र तीव्र विरोध पनि सुरु भएको छ । 

विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा नियम कानुन विपरित गरिने यस्ता कार्यले विश्वविद्यालयमा अराजकता र विश्वनियता घट्दै गएको सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । 

२०७४ चैत ९ गते विश्वविद्यालयले १ जना प्राध्यापक, ३ जना विषयका सहप्राध्याक र ५ जना उपप्राध्यापक लगायत ६३ पदको विज्ञापन गरेको थियो । 

प्राध्यापक र सहप्राध्याकको अन्तर्वार्ता लिनु अगाडि पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरबाट बिदाइ दिएर हिँडेका अध्यक्ष श्रेष्ठको आज (शुक्रबार) ६ गते पदावधि सकिँदै छ । 

उनले काठमाडौंको होटल एम्वेस्डर लैनचोरमा अन्तर्वार्ता लिएर परीक्षाफल प्रकाशित गरेका थिए । यसप्रति विश्वविद्यालयका संघ–संगठन र विद्यार्थीहरुले विरोध जनाएका छन् । 

श्रेष्ठले लिएको अन्तर्वार्ताबाट प्रा.डा. जिवनकुमार ढकाल र प्रा. शैलेन्द्र शिवाकोटी उत्तिर्ण भएका थिए । 

उनीहरु अस्थायी उपप्राध्यापकका रुपमा त्रिविमा कार्यरत थिए । जो त्रिविले लिएको परीक्षामा उपप्राध्यापकको परीक्षामा ३–३ पटक फेल भएका थिए ।  

यता कर्मचारी युनियनका अध्यक्ष राजकुमार सापकोटाले होटलमा बसेर भन्दा कार्यालयमै बसेर गरेको भए राम्रो हुने द नेपालटपलाई बताए । 

‘सेवा आयोगको लामो प्रतिक्रियाबाट भएको हो । विज्ञापन, परीक्षा तालिका पटक–पटक स्थगित भएको अवस्था थियो ।’ अध्यक्ष सापकोटाले भने, कार्यालय पनि बन्द भएको अवस्था छ । सेवा आयोगका अध्यक्षलाई बिदा गरिसकेको अवस्थामा थियो ।  उहाँको आजसम्म समयावधी थियो । बिदाइ गर्नु एउटा पाटो हो । बाहिर गएर गर्नु हुन्थ्यो हुँदैन थियो त्यो अर्को पाटो थियो ।’

सापकोटाले थपे ‘बिदा लिएपछि गर्न मिल्छ मिल्दैन थियो उहाँको विवेकका कुरा थियो । तर, कानुनमा बिदा लिएपछि लिन नमिल्ने व्यवस्था छ ।’ 

यस विषमा पूर्वाञ्चल विश्वविद्यालय, सेवा आयोगका अध्यक्ष श्रेष्ठसँग बुझ्दा उहाँले विज्ञहरुले लिने भएकोले बाहिरबाट गरेको भन्ने जवाफ आयो । 

प्रतिक्रिया दिनुहोस्