अनेरास्ववियुका केन्द्रीय अध्यक्ष ऐन महर सर्लाहीमा 



काठमाडौं : अनेरास्ववियुमा प्रवेश गर्न आउने विभिन्न विद्यार्थी नेताहरुलाई संगठनमा प्रवेश गराउनका लागिका अनेरास्ववियु केन्द्रीय अध्यक्ष ऐन महरा सर्लाही आएका छन् । 

अनेरास्ववियु सर्लाही जिल्ला कमिटीद्वारा आयोजित संगठन प्रवेश कार्यक्रममा प्रमुख अतिथिको रुपमा कार्यक्रममा विद्यार्थी आन्दोलनको बारेमा विद्यार्थीहरुलाई प्रशिक्षित गर्न र विभिन्न संगठन छाडेर अनेरास्ववियुमा प्रवेश गर्न आएका विद्यार्थी नेताहरूलाई संगठनमा प्रवेश गराउनका उनी सर्लाही आएका हुन् ।

मलङ्वामा रहेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सर्लाही जिल्ला पार्टी कार्यालयको सभाहलमा आयोजना गरिएको संगठन प्रवेश कार्यक्रममा राजपा समर्थित विद्यार्थी संगठन सर्लाही जिल्ला अध्यक्ष विवेक जैसवालको नेतृत्वमा र फोरम समर्थित विद्यार्थी संगठन सर्लाही सचिव अमित मिश्रको नेतृत्वमा आफ्नो संगठन छाडेर आएका करिब सय जना विद्यार्थी नेताहरु संगठनमा प्रवेश गरेका छन् । 

कार्यक्रममा बोल्दै अध्यक्ष महरले यो सरकारले गरेका राम्रा काम र लोकप्रियताले भोलिका दिनमा आफुहरु विस्थापित हुँदै जाने देखेपछि कांग्रेस र मधेशवादी दलहरूले सरकारको र नेकपाको लोकप्रियतालाई दबाउन जनताको माझमा अफवाह फैलाउन खोजी आरोप लगाए । 

जन मानसमा वितृष्णा पैदा गराउने तर्फ सामन्तवादी पार्टीहरु र दलालिहरुको एउटा जत्था लागि परेको बताउँदै अध्यक्ष महरले अब त्यो अफवाह जनता माझ फैलिन नदिन अनेरास्ववियुले विद्यार्थीको हक हितका लागि गरेका काम गर्नुपर्ने बताए । नेकपाको सरकारले गरेका लोकप्रिय कामहरुको बारेमा जनतालाई जानकारी र सचेत गराउने जिम्मा अनेरास्ववियु र नेकपाका कार्यकर्तामा रहेको बताउँदै त्यसतर्फ लाग्न कार्यकर्तालाई निर्देशन समेत दिएको अिनेरास्ववियुका नेता युवराज आचार्यले जानकारी दिए ।  

 

प्रतिक्रिया दिनुहोस्