एक महिला जसको इशारामा गाडी स्टार्ट हुन्छ !



एजेन्सी : तपाईं यो खबर पढेर अचम्ममा पर्नुहुनेछ। खबर हो- एउटा मानिसको इशारामा गाडी स्टार्ट हुनु। अमेरिकाको टेक्सासकी एमी डीडी सफ्टवेयर डेपलपर तथा बायो ह्याकर हुन्। उनलाई कारको विशेष मोह छ । एमी डीडीले आफ्नो टेस्ला मोडल ३ को चाबी आफ्नो शरीरमा इम्प्लान्ट गरेकी छन्।

जसमार्फत उनी इशारा गरेरै गाडी स्टार्ट गराउन सक्छिन्। उनको गाडीको साँचोको चारैतर्फ एक तार थियो। त्यसलाई काट्नुको सट्टा एमीले कार्डलाई एसीटोनमा डुबाइन्। कार्डबाट हटेपछि एन्टेन्नाको उचाइ ४० मिलिमिटर र चौडाइ १० मिलिमिटर बन्यो। 

तपाईंलाई यो बताऔं कि Tesla Model 3 Chip In Arm को साँचोमा स-साना तार हुन्छन्। जुन एक चिपसँग टाँसिएको हुन्छ। यद्यपि एमीले चिकित्सकसँग साँचो शरीरमा इम्प्लान्ट गर्न सल्लाह मागेकी थिइन्।

तर उनीहरूले त्यसलाई अस्वीकार गरे। एमीले यो काम Piercing Shop बाट गराएकी हुन्। उनले चाबीको इन्फेक्शनबाट बच्न केही केमिकलहरूको पनि प्रयोग गरेकी छन्। 

प्रतिक्रिया दिनुहोस्