न्युजील्यान्ड संसद्का सभामुखले सदनमै गरे बच्चाको स्याहार



एजेन्सी : न्युजील्यान्डको संसद्का सभामुखले सदनमै एकजना सांसदको शिशुलाई स्याहार गरेका छन्। हाउस अफ रिप्रेजेन्टेटिभ्समा सत्र चलिरहेको बेलामा उनले शिशु स्याहार गरेका हुन्। 

सभामुख ट्रेभोर मलार्डले सांसद टामाटी कोफेको छोरोलाई सभामुखको कुर्सीमा बसेर दूध पिलाएको फोटो ट्वीट गरे। कोफे वाइआरिका क्षेत्रका लेबर सांसद हुन् र जुलाई महिनामा उनको छोरो टुटानेकाइ स्मिथ–कोफेको जन्म भएको थियो। 

शिशुलाई (भाडाको कोख) सरोगेट मदरमार्फत जन्माइएको हो र उनी कोफेका पार्टनर टिम स्मिथका जैविक सन्तान हुन्। शिशुको जन्मका विषयमा ट्वीट गर्दै कोफेले आफू र आफ्नो पार्टनर जीवनको चमत्कार देखेर खुशी भएको अनि सरोगेट मदरको स्थिति उम्दा रहेको बताए। 

बुधवार कोफे पितृत्व बिदा सकेर आफ्नो शिशुलाई संसदीय बहस चलिरहँदा सदनमा ल्याएका ल्याएका थिए। सत्र चलिरहेको बेलामा सभामुखले संसदीय बहस चलाएका थिए अनि शिशुको स्याहार पनि गरेका थिए। अनेकौं देशका सदनमा सांसदहरूले शिशु लगेको घटना हालैका वर्षमा सार्वजनिक भइरहेका छन्। 

प्रतिक्रिया दिनुहोस्