साँढेले सिंगले हानेर पछारे पछि… (भिडियो सहित)



एजेन्सी : स्पेनमा एउटा साँढेले एक व्यक्तिलाई सिंगले हानेर भित्तोमा पछारेको छ। रातो गेटबाट दौडिँदै आएका दुई साँढे देखेर ती व्यक्ति भाग्छन् अनि अलमलमा परेर एउटा रुखनजिक पुग्छन् । साँढेले उनलाई देख्छ अनि हान्निँदै आएर हिर्काउँछ।

सिंगमा उठाइएका व्यक्तिलाई साँढेले भित्तोमा पछार्छ। दर्शकहरू चिच्याउँछन्। साँढेले त्यसपछि सिंग उज्याएर उक्त व्यक्तिलाई हिर्काउन खोज्छ। अनि अरू मानिसहरूले चिच्याएर साँढेको ध्यान मोड्छन्।

साँढेको ध्यान भंग भएपछि उक्त व्यक्ति उठ्छ र उसलाई अरू मानिसले उठाएर लग्छन्। साँढेको सिंडले उक्त व्यक्तिको नितम्बलाई एक इन्चले मात्र नछोएको देखिन्छ। स्पेनको तफाला शहरमा साँढे दौडाउने समारोह आयोजना गरिन्छन्। घटनाको भिडियो सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्