सांसदको घरमा बम बिस्फोट गराउने विप्लव समूहका ३ नेता पक्राउ



बुटवल : सांसदको घरमा बम बिस्फोटको आरोपमा नेत्रविक्रम चन्द विप्लव समूहका रुपन्देही जिल्ला जनसरकार उपप्रमुखसहित ३ जना पक्राउ परेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–५ का प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालको घर र गाडीमा बम विष्फोट गराएको अभियोगमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–११ का ५० बर्षीय बिक्रम यादव, रुपन्देहीको गैडहवा गाउँपालिका–६ का ४३ बर्षीय रुदल यादव र सियारी गाउँपालिका–४ का ६३ बर्षीय विष्णुप्रसाद तिवारी (मुकेश) रहेका छन्।

गत साउन ३१ गते राति रुपन्देही सैनामैना नगरपालिका–८ शान्तिटोल स्थित ढकालको निवासमा विष्फोटन र आगजनी भएको थियो।

प्रतिक्रिया दिनुहोस्