प्याज खाँदा मात्र होइन, शरीरका अंगमा दल्दा पनि फाइदा गर्छ



एजेन्सी : तरकारीमा प्याज नहुँदा स्वाद आउँदैन। प्याजले खानालाई स्वादिलो बनाउनुका साथै स्वास्थ्य पनि राम्रो बनाउँछ। तर प्याज खाँदा मात्र नभई शरीरमा दल्दा पनि फाइदा हुन्छ।

पैताला पोल्दा :- कसैकसैलाई पैताला पोलेर आत्तिने स्थिति आइलाग्छ। यस्तो समस्या छ भने पैतालामा प्याज दल्नुस्। पोल्न छोड्छ 

छालाको संक्रमण :- छालामा संक्रमण भएको छ भने उक्त भागमा प्याजको टुक्रा दल्नुस्। संक्रमण हराउँछ।

लाम्खुट्टेले टोक्दा :- लाम्खुट्टेले टोकेर रातो भएको छ भने त्यहाँ प्याज काटेर दल्नुस्। फुलेको र फोका आएको पनि निको हुन्छ।

कपाल झरेको :-  कपाल धेरै झर्ने गरेको छ भने टाउकोको छालामा काटिएको प्याज दल्नुस्। कपाल झर्न बन्द हुन्छ।

कुकुरले टोक्दा :- कुकुरले टोक्यो भने प्याज पिँधेर त्यसमा मह मिसाएर पेस्ट बनाएर लगाउनुस्। संक्रमण रोकिन्छ अनि तत्कालै डक्टरकोमा गइहाल्नुस्।

प्रतिक्रिया दिनुहोस्