तामा खानु स्वास्थ्यका लागि फाइदै–फाइदा



एजेन्सी : बाँसको तामाका विषयमा सवैले जानेको र बुझेकै हुनुपर्छ। आलु–तामाको स्वाद प्राय सवैलाई मनपर्छ होला। तामाको स्वादसँग जोकोही परिचित भए पनि यसको बहुगुणी फाइदाबारे सबैलाई जानकारी नहुन सक्छ। आलुतामा खानाले स्वास्थ्यमा के कस्तो फाइदा पुग्छ।

यसबारे यहाँ उल्लेख गरिएको छ :-

– बाँसको तामामा खाएमा मुटुसम्बन्धी तथा फोक्सोसम्बन्धी रोगको सम्भावना कम हुन्छ।

– यसले कोलस्ट्रोल नियन्त्रणमा राख्न मद्दत गर्छ।

– विभिन्न घाउ तथा चोट ठीक गर्न तामा उपयोगी हुन्छ।

– यसमा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन सहयोग पुर्‍याउछ।

– यसमा कम कार्बोहाइड्रेड हुन्छ त्यसैले यो मधुमेह रोगीका लागि फाइदाजनक हुन्छ।

– तामाको परिकार नियमित खाने व्यक्तिलाई क्यान्सरको जोखिम न्युन हुन्छ।

– ग्यास्ट्रिक र अल्सरका रोगीका लागि पनि तामा उत्तम मानिन्छ।

– पिसाबको संक्रमण भएमा तामा खाँदा यसले औषधिको काम गर्नुका साथै पाचन प्रक्रियामा फाइदा पुर्‍याउँछ।

– रक्तचाप नियन्त्रणमा राख्न मदत खेल्छ।

प्रतिक्रिया दिनुहोस्