विराटनगर पुगेका डा. काेइरालाले निजी निवासमै राखे जलपान कार्यक्रम



काठमाडौं:  विधान मस्यौदा समितिले तयार गरेको प्रारम्भिक मस्यौदामाथिको छलफलका लागि नेपाली कांग्रेसले सातै प्रदेशमा छलफल गरिरहेको छ। प्रदेश १ को विराटनगरमा आयोजित कार्यक्रममा महामन्त्री तथा विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्का र डा शेखर कोइराला सहभागी छन्। 

 

यही माैका छाेपेर सभापतिका लागि दाैडधुप गर्दै अाएका डा. शेखर काेइरालाले विराटनगरस्थित अाफ्नै निजी निवासमा कांग्रेस प्रतिनिधीहरुलार्इ बाेलाएर जलपान कार्यक्रम राखेका छन् । 

 

वर्तमान सभापति शेर बहादुर देउवाकाे विरुद्धमा रहेका काेइराला परिवार पछिल्लाे समय अाफ्नाे सम्बन्ध विस्तारका लागि विभिन्न ठाउँमा कार्यक्रम गरी छलफल गर्दै अाएका छन् । उनले यसअघि नै अाफू कांग्रेसकाे नेतृत्व गर्न सक्षम र इच्छुक रहेकाे सार्वजनिक गरिसकेका छन् ।  

 

कांग्रेसकाे सातै प्रदेशमा एकसाथ राखिएको सुझाव संकलन शुक्रबार सकिने छ। प्राप्त सुझावलाई मूल समितिले एकत्रित गरी मस्यौदालाई दशैंअघि अन्तिम रुप दिनेछ। तिहारअघि केन्द्रीय समितिको बैठकमा पेस गरिने मस्यौदा समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्