विद्युतलाइन भूमिगत गर्न अनुमति



काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै बाराको पिलुवासम्मको ३३ केभी विद्युत प्रसारण लाइन भूमिगत (अन्डरग्राउण्ड) गर्न अनुमति दिएका छन् । मन्त्री यादवको यो निर्णयसँगै ३ दशकदेखि रोकिएको विद्युत लाइन विस्तार हुने भएको हो ।

नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म निर्माणाधिन १३२ केभि विद्युत प्रसारण लाइन अन्तर्गत ३३ केभि क्षमताको भूमिगत विद्युत प्रसारण लाइन जडानका लागि मन्त्रालयबाट अनुमति दिनु भएसँगै नागरिकरु खुशी भएका हुन । अनुमति नपाएर उक्त काम विगत तीन दशकभन्दा पनि बढी समयदेखि अगाडि बढ्न सकेको थिएन ।

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र हुँदै बाराको पिलुवादेखि पूर्व गढीमाई जाने मोडसम्मको ३३ केभि क्षमताको विद्युत प्रसारण लाइन भूमिगत भएसँगै सबै समस्याहरु समाधान हुने भन्दै नागरिकहरु खुशी भएका हुन् । मन्त्री यादवले विद्युत प्रसारण लाइन भूमिगत (अन्डरग्राउण्ड) गर्न अनुमति दिनुभएपछि वीरगञ्ज उद्योग वाणिज्य संघले मन्त्री यादवप्रति आभार व्यक्त गरेको छ ।

संघले मन्त्रालयमा आज पत्र पठाएर मन्त्री यादवलाई धन्यवाद समेत दिएको उनको स्वकीय सचिवालयले जनाएको छ । विद्युत प्रसारण लाइनका विषयमा पटक पटक सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदा पनि सम्बोधन हुन नसकेको मागलाई मन्त्री यादवले पूरा गरेको भन्दै आभार व्यक्त गरिएको संघका अध्यक्ष डा.सुवोधकुमार गुप्ताले बताए ।

उनले भने, ‘पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र हुँदै बाराको पिलुवादेखि पूर्व गढीमाई जाने मोडसम्मको ३३ केभि क्षमताको विद्युत प्रसारण लाइन भूमिगत हुने भएको छ, अब विद्युतका सबै समस्याहरु समाधान हुने छन् ।’ वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा अवस्थित उद्योगहरु एवम् घरायसी प्रयोजनका लागि प्रसारण हुने लाइनमा पटक पटक ट्रिपिङ् हुने, विद्युत लाइन अवरुद्ध हुने, विद्युतको गुणस्तर न्यून हुने जस्ता समस्या भएपछि मन्त्री यादवले उक्त क्षेत्रमा विद्युत प्रसारण लाइन भूमिगत (अन्डरग्राउण्ड) गर्न अनुमति दिएको थियो ।

विद्युत प्रसारणमा पटक पटक समस्या भएपछि त्यहाँँका उद्योग तथा नागरिकहरु वर्षौदेखि आजित बन्दै आएपछि मन्त्री यादवले नागरिकको सहजताका लागि विद्युत प्रसारणलाइन भूमिगत (अन्डरग्राउण्ड) गर्न अनुमति दिएको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्