बूढीगण्डकीकाे १९ अर्ब मुआब्जा वितरण



गोरखा : बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रका प्रभावितलाई १९ अर्बभन्दा बढी रुपैयाँ मुआब्जा रकम वितरण गरिसकेको छ । गोरखा र धादिङका प्रभावितलाई उक्त रकम मुआब्जा वितरण गरेको आयोजनाका पुनर्वास तथा पुनर्स्थापना एकाइ प्रमुख कृष्ण कार्कीले बताए ।

चालू आवमा मात्रै चार अर्बभन्दा बढी रकम मुआब्जा वितरण गरिसकिएको उनले जानकारी दिए । उनका अनुसार बाँकीलाई पनि यसै आर्थिक वर्षमा मुआब्जा वितरण हुनेछ । उनका अनुसार यस वर्ष प्राप्त १८ अर्बले गोरखा र धादिङका सबै प्रभावितलाई रकम वितरण हुनेछ । मुआब्जा वितरणका लागि रकमको अभाव नभएकाे उनले बताए ।

 

अहिले प्राप्त रकमले डुबान प्रभावित क्षेत्रका बासिन्दाको घरगोठ र बोटबिरुवाको समेत मुआब्जा वितरण गर्न रकम अभाव नहुने उनले बताए । आयोजनाले मुआब्जा वितरणको काम तीव्र गतिमा अगाडि बढाएको भए पनि प्राविधिक समस्याका कारण केही ढिलाइ भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्