सेयर बजार स्थिर



काठमाडौँ : साताकाे अन्तिम दिन बिहीबार सेयर बजार स्थिर रह्याे । बजारमा कारोबार मापक नेप्से परिसूचक ०.२ विन्दुले घटेर एक हजार १७२.७८ विन्दुमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको काराेबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०८ विन्दुले घटेर २४८.६५ विन्दुमा पुगेको छ । स्टकका अनुसार बिहीबार १ सय ५८ कम्पनीको आठ लाख ७४ हजार ८४ कित्ता सेयर २६ करोड ८८ लाख ६५ हजार ८०९ मूल्यमा खिरदबिक्री भए । 

 

कारोबार भएका दस उपसमूहमध्ये पाँच उपसमूहको सेयर वृद्धि भएको छ भने पाँच उपसमूहको घटेको छ । होटल २.२९, विकास बैंक २.२, निर्जीवन बिमा १७.२७, उत्पादन ११.४८ र अन्य ७.४७ विन्दुले बढेको छ । यस्तै बैंकिङ १.९९, जलविद्युत् ९.०३, वित्त ०.३६, लघुवित्त २.२६, जीवन बिमा १०.२२ विन्दुले घटेको छ । 

 

स्टकका अनुसार घटेको बजारमा नागरिक लगानी कोष, कन्काई डेभलपमेन्ट बैंक, तिनहुँ डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, ङादी ग्रुप अफ पावर र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका सेयरधनीले कमाएका छन् ।

 

यस्तै जनता बैंक, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, सानिमा इक्विटी फण्ड, सेन्ट्रल फाइनान्स लिमिटेड, नागबेली लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्सुरेन्स कम्पनीका शेयरधनीले आज बढी गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्