कोरोनाबाट इरानमा एकै दिन ५४ जनाको मृत्यु


तेहरान : इरानमा नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट विगत २४ घण्टाको अवधिमा ५४ जनाको मृत्यु भएको छ । इरानमा एकै दिन कोरोनाको सङ्क्रमणबाट यतिठूलो संख्यामा मानिसको मृत्यु भएको पहिलो घटना भएको इरानी अधिकारीहरुले बताएका छन् ।

पछिल्लो मृत्युसँगै इरानमा कोरोना सङ्क्रमित भई मर्नेहरूको संख्या २९१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपोरले बताए ।

उनले कोरोना सङ्क्रमित व्यक्तिहरुको संख्या निरन्तर बढेको बताउँदै पछिल्लो पटक ८८१ जनामा कोरोना भएको पुष्टि भएको जानकारी दिए । इरानमा अब सङ्क्रमित व्यक्तिको कूल संख्या ८ हजार ४२ पुगेको छ ।

जोहानपोरले यसबीच दुई हजार ७३१ जना भने निको भएर घर फर्केको बताए ।

कोरोनाको सङ्क्रमणबाट सर्वाधिक प्रभाव राजधानी तेहरानमा परेको छ जहाँ दुई हजार ११४ जना सङ्क्रमित भएका छन् ।

क्यास्पियन सागरसँग सीमा जोडिएको लोकप्रिय पर्यटकीय क्षेत्र मजान्दारान प्रान्तमा ८८६ जना तथा क्वोममा ७५१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।

इरानले अझैसम्म आधिकारिक रुपमा मानिसहरुलाई क्वारेन्टाइनमा रहन बाध्य बनाएको छैन, तर अधिकारीहरूले मानिसहरूलाई अनावश्यक यात्रा नगर्न तथा यात्रा निरुत्साहित गर्ने उद्देश्यले होटलहरु बन्द गर्न आदेश दिएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई लिएर जनकपुरधाममा आज (बुधबार) विरोध प्रदर्शन गरिएको

कालिकोट : किशोरी बलात्कार गरेको आरोपमा कालिकोटको खाँडाचक्र नगरपालिका–६ का वडा अध्यक्ष जगधीश शाही पक्राउ

कास्की : गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। गण्डकीको प्रदेश

काठमाडौं : स्वास्थ्य सामग्री खरिद अनियमितताको छानबिनमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल तानिएका छन् ।

दार्चुला : दार्चुलाको व्यास क्षेत्रको कालापानी क्षेत्रसम्म स्थानीयलाई आवतजावत गर्न भारतले रोक लगाएको छ ।

काठमाडौंः आज (मंगलबार) मध्यान्ह साढे १२ बजेतिर मेलम्ची खानेपानी आयोजनाको मुहान टनेलको ढोका एक्कासि फुटेको

काठमाडौं : काठमाडौं उपत्यकामा मंगलबार थप २ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा

काठमाडौं : जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका डिभिजन प्रमुख ९ लाख घुससहित पक्राउ

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा सुरुङको गेट फुट्दा दुई जना बेपत्ता भएका

झापा : झापाका दुई विद्यालयमा पठनपाठन शुरु भएको छ । जिल्लाको शिवसताक्षी–३ को शान्ति आधारभूत

परासी : पूर्वपश्चिम राजमार्गमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी