सुनको भाउ आज पनि स्थिर, तोलाको ६० हजार ९ सय 



काठमाडौं:  सुनको भाउ आज बिहीबार दोस्रो दिन पनि स्थिर रहेको छ । स्थानीय बजारमा हिजो बुधबारदेखि छापावाल सुनको भाउ तोलाको ६० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारका अनुसार छापावाल सुन माघ १ देखि ४ गतेसम्म तोलाको ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । 

त्यसपछि ६ गते आइतबार २ सय घटेर ६० हजार ८ सयमा कारोबार भएको थियो । तर, सोमबार १ सयले बढेर ६० हजार ९ सय पुगेको थियो । मंगलरबा २ सयले घटेर ६० हजार ७ सय कायम भएको थियो ।  यसअघि नेपालमा सुन सर्वाधिक महँगो हुँदा तोलाको ६२ हजार ५ सयसम्म पुगेको रेकर्ड छ । अमेरिकी अर्थतन्त्र खस्किँदै जानु, अमेरिकी डलर अन्तर्राष्ट्रिय बजारमा कमजोर हुँदै जानुलगायत कारण सुनको भाउ उच्च भएको थियो । 

भारतको अर्थतन्त्र पनि ओरालो लागेका कारण भारतीय रुपैयाँ डलरको दाँजोमा कमजोर हुँदै जाँदा सुनको भाउ बढ्न थप बल पुगेको थियो । स्थानीय बजारमा डलर भाउ बढेको देखिए पनि अन्तर्राष्ट्रिय बजारमा खस्किएको छ र यसैको प्रभाव सुनको भाउ वृद्धिमा परेको महासंघको भनाइ छ । हाल मुलुकमा दैनिक २० किलोबराबर सुन बिक्री हुने गरेको छ । सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंक वा उसले तोकेका अन्य ‘क’ वर्गका वाणिज्य बैंकबाट दैनिक २० किलोसम्म सुन खरिद गर्न पाउँछन् । 

त्यसैगरी तेजाबी सुनको भाउ पनि दुई दिनदेखि तोलाको ६० हजार ६ सय रुपैयाँमा स्थिर छ । अस्ति मंगलबार ६० हजार ४ सय, सोमबार ६० हजार ६ सय र आइतबार ६० हजार ५ सयमा अडेको भाउ त्यसअघि चार दिन लगातार तोलाको ६० हजार ७ सयमा कारोबार भएको थियो । चाँदीको भाउ तोलाको ७ सय ५५ मा कारोबार भइरहेको छ । 

पछिल्ला चार दिन तोलाको ७ सय ६५ मा कारोबार भएपछि आइतबार र सोमबार १० रुपैयाँ घटेर ७ सय ५५ तथा मंगलबार ७ सय ५० कायम भएको थियो । महासंघका अनुसार आज सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ माघ ३ र ४ मा ६१ हजार, ६ मा ६० हजार ८ सय, ७ मा ६० हजार ९ सय, ८ मा ६० हजार ७ सय र ९ मा ६० हजार ९ सय रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्