जिपी फाउण्डेशनले पायो पूर्णता



विराटनगर : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति स्वः गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित ‘जिपी कोइराला फाउण्डेशन’ को मोरङ शाखाले पूर्णता पाएको छ ।

 

विराटनगरस्थित कोइराला निवासमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच फाण्डेशनकी प्रदेश १ संयोजक इन्दिरा कार्कीले फाउण्डेशनलाई पूर्णता दिएकी हुन् । 

 

कौशल निरौलाको संयोजकत्वमा १३ सदस्य कार्यसमिति बनेको छ । गठित समितिको सह–संयोजकमा बेदुकुमार खतिवडा, सचिवमा दुर्गा गुरागाई, सह–सचिवमा सन्तोष पोख्रेल र कोषाध्यक्षमा पुनम सिंह रहेका छन् । 

 

यस्तै सदस्यहरुमा रिता पोख्रेल, शर्मीला अधिकारी, वैधनाथ झा, पदम सरदार, गिरिजाप्रसाद कोइराला, विरजुकुमार गच्छदार, नितिन भगत र अन्जु दाहाल रहेका छन् । प्रदेश समितिमा निर्मलकुमार दुगडलाईसमेत मनोनयन गरिएको छ ।

 

कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यकासाथ उनकै पुत्री एवं कांगेस नेतृ सुजाता कोइरालाले स्थापना गरेको  प्रतिष्ठानले नेपालका सात प्रदेश र विदेशका विभिन्न मुलुकमा आफ्नो शाखा विस्तार गर्दै आएको छ । 

 

कार्यक्रममा कांग्रेस नेता तथा फाउन्डेसनका सल्लाहकार गयानन्द मण्डल, प्रदेश १ का कोषाध्यक्ष हरिनारायण चौधरी, सचिव शैलन्द्र शिवाकोटी लगायतको सहभागिता रहेको थियो ।   

प्रतिक्रिया दिनुहोस्