जनप्रतिनिधिको सहयोगमा घर भत्काएर बाटो खुलाइदै



पर्सा : वीरगन्ज महानगरपालिकाले बल प्रयोग गरी मरिनयारी–पर्सौनी सिर्सिया पुलको सडक सञ्चालन गराएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २३ पर्साैनिको इटियाही टोलस्थित सिर्सिया नदी पुल निर्माण शिलान्यासको एश दशकपछि बिहीबारदेखि उक्त बाटो सञ्चालनमा आएको हो । 

 

ऐलानी जग्गा अतिक्रमण गरि बनाइएका आधा दर्जन पक्की, खपडा तथा फुसका घर गोठहरु बल प्रयोग गर्दै महानगरपालिकाले  भत्काइएपछि बाटो सञ्चालनमा आएको हो । वडा नम्बर २३ का वडाअध्यक्ष अवधकिशोर कुशवाहालगायत स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरुको सहयोगमा बाटो खुलाएको हो ।

 

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. भीष्मकुमार भूसालको नेतृत्वमा इटियाही पुगेको टोली बिहीबार दिउँसो घर टहरा भत्काउदै सडक सञ्चालनमा ल्याएका हुन् । 

 

इटियाहीका सिवपुजन सहनी, विनोद पासवान, रुदल सहनी, रामलाल पासवान, खोभारी पासवान लगायत आधादर्जन व्यक्तिहरुका घरटहराहरु महानगरापलिकाले डोजर चलाएर भत्काएको छ । 

 

    महानगरपलिकाका सरसफाई महाशाखाका प्रमुख राजकृष्ण ताम्राकारको नेतृत्वमा पुगेको कर्मचारी तथा नगर प्रहरीको टोलीले जनप्रतिनिधि तथा नेपाल प्रहरीको सहयोगमा बल प्रयोग गर्दै घरमा रहेका सबै समानहरु बाहिर निकाली डोजर चलाएको थियो । 

 

पर्सा क्षेत्र नम्बर एकका तत्कालीन सांसद अजय द्धिवेदीको सक्रियतामा २०६४ सालमा सिर्सिया खोला पुलको शिलान्यास गरि निर्माण सुरुभएको थियो । लगभग ४ कारोडको लागतमा शिलान्यासको दुई वर्षमा निर्माण भएको पुल इटियाही टोलवासीको अतिक्रमणले पुल जोडने बाटो खुलाउन नसकिएको कारण ८ बर्षदेखि सञ्चालनमा आउन सकेको थिएन ।

 

 पुर्व सभासदद्धय अजय द्धिवेदी र बिचारी यादवले पटक पटक प्रयास गर्दा पनि दलगत र चुनावी राजनैतिकरणले गर्दा अक्रिमण हटाउन नसकिएको वडा अध्यक्ष कुशवाहाले बताए ।

 

सडक सञ्चालनमा आएपछि मनियारी, अपौनी लगायत महानगरपलिकाका वासीको वीरगन्जदेखिको आवागमन छोटो र सहज बन्ने छ । 

 

प्रतिक्रिया दिनुहोस्