विपद्का घटनाबाट पीडितलाई ९ लाख ३० हजार राहत



म्याग्दी : जिल्ला प्रशासन कार्यालय म्याग्दीको मातहतमा रहेको विपद् व्यवस्थापन कोषबाट जिल्लाका दैवि प्रकोप पीडितहरुलाई ९ लाख ३० हजार रुपैयाँ राहत वितरण गरिएको छ । 

 

जिल्लाका विभिन्न ठाउँमा विपद्का विभिन्न घटनाबाट पीडित ५७ घर परिवारलाई चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ९ लाख ३० हजार रुपियाँ राहत वितरण गरिएको हो । 

 

विभिन्न प्राकृतिक प्रकोपका कारण पीडित भएका ५७ घर परिवारलाई उक्त रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लीलादेवी अर्यालले जानकारी दिए ।

 

गृह मन्त्रालय अन्र्तगत रहेको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रबाट प्राप्त भएको १५ लाख रुपियाँ सहित अहिले सम्म विपद् व्यवस्थापन कोषमा ३० लाख रुपियाँ बाँकी मौज्दात रहेको सहायक प्रजिअ अर्यालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्