बेलायती स्वास्थ्य मन्त्रीलाई कोरोना सङ्क्रमण : जापानमा ३१ र दक्षिण कोरियामा ६१ को मृत्यु


सिन्ह्वा : बेलायतका स्वास्थ्य मन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको सङ्क्रम भएको छ ।

बिरामी स्वास्थ्य हेर्ने कनिष्ठ स्वास्थ्यमन्त्री डोरिज अहिले घरभित्रै अलग्गै बसिरहेको अधिकारीले जनाएका छन् । उनलाई के कसरी कोरोना भाइरसको सङ्क्रमण भयो भन्ने बारेमा स्पष्ट हुन नसकेको र अनुसन्धान भइरहेको अधिकारीको भनाइ छ ।

बेलायतमा अहिलेसम्म ३८२ जनामा सङ्क्रमण भएको र छ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अष्ट्रेलियामा भने सङ्क्रमितको सङ्ख्या ११२ पुगेको छ । स्वास्थ्य विभागले बुधबारसम्म थप १२ जना थपिएर सङ्क्रमितको सङ्ख्या ११२ पुगेको बताएको छ । मृत्यु हुनेको सङ्ख्या भने तीन मात्रै रहेको पनि विभागले उल्लेख गरेको छ ।

यसैबीच अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना सङ्क्रमण नियन्त्रण र उपचारका लागि १.५५ अर्व अमेरिकी डलर रकम छुट्याएको घोषणा गरेका छन् ।

उनले सरोकारवालासँग छलफल गरेर कोरोना नियन्त्रण र उपचारका लागि विभिन्न प्याकेज तयार पारिएको पनि जानकारी दिए ।

यसैगरी दक्षिण कोरियामा थप २४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै देशभरी कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सातहजार ७७५ पुगेको छ ।

त्यसैगरी थप छ जनाको मृत्यु भएको छ भने कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ६१ पुगेको छ । स्वास्थ्य अधिकारीका अनुसार कोरोना भाइरसबाट सङ्क्रमितमध्ये ४१ जना निको भएर घर फर्किएका छन् ।

जापानमा पनि कोरोना भाइरसका कारण मृत्यु हुने र सङ्क्रमितको सङ्ख्या थप बढेको छ । जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले दिएको विवरणका अनुसार सङ्क्रमितको सङ्ख्या बढेर ५६८ पुगेको छ । उनीहरुले कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको जनाइएका छन् ।

कोरोनाको सुरुवात भएको देश मानिने चीनमा भने अहिले नयाँ बिरामी थपिनेक्रम घटेको छ । केही दिनअगाडिसम्म दैनिक सयौँ बिरामी थपिने गरेकोमा बुधबार थप २४ जना नयाँ बिरामी भेटिएका छन् । त्यसैगरी थप २२ जनाको मृत्यु भएकोजनाइएको छ ।

उता अमेरिकामा सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । स्वास्थ्य अधिकारीका अनुसार कूल सङ्मित सङख्या १००१ पुगेको हो भने मृत्युहुनेको सङ्ख्या २८ पुगेको छ ।

उनीहरुले वासिङट्नमा २६०, न्यूयोर्कमा १७३, क्यालिफोर्नियामा १४४ जनामा कोरोना भाइरस सङ्क्रम भएको पुष्टी भएको जनाएको छन् । –रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

कालिकोट : किशोरी बलात्कार गरेको आरोपमा कालिकोटको खाँडाचक्र नगरपालिका–६ का वडा अध्यक्ष जगधीश शाही पक्राउ

कास्की : गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। गण्डकीको प्रदेश

दार्चुला : दार्चुलाको व्यास क्षेत्रको कालापानी क्षेत्रसम्म स्थानीयलाई आवतजावत गर्न भारतले रोक लगाएको छ ।

काठमाडौंः आज (मंगलबार) मध्यान्ह साढे १२ बजेतिर मेलम्ची खानेपानी आयोजनाको मुहान टनेलको ढोका एक्कासि फुटेको

काठमाडौं : काठमाडौं उपत्यकामा मंगलबार थप २ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा

काठमाडौं : जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका डिभिजन प्रमुख ९ लाख घुससहित पक्राउ

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा सुरुङको गेट फुट्दा दुई जना बेपत्ता भएका

झापा : झापाका दुई विद्यालयमा पठनपाठन शुरु भएको छ । जिल्लाको शिवसताक्षी–३ को शान्ति आधारभूत

परासी : पूर्वपश्चिम राजमार्गमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर आंशिकदेखि सामान्य बदली रही विभिन्न

भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ ।