विदेशबाट आएका नेपालीलाई क्वारेन्टाइनमा राख्नेबारे सरकार के भन्छ ?



काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशबाट आएका नेपालीलाई क्वारेन्टाइनमा राख्नेबारे जानकारी दिएको छ ।

मन्त्रालयले स्वतन्त्र रुपमा विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्न नसकिने बताएको छ ।

बुधबार पत्रकार र स्वास्थ्य विज्ञहरुबीच कोरोना भाइरसको सम्दर्भमा भएको अन्तरक्रियामा स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले सबैलाई क्वारेन्टाइनमा राख्न सम्भव नभएको जानकारी दिएका हुन् ।

उनले संक्रमित क्षेत्रबाट आएका र विशेष परिस्थितीमा मात्रै क्वारेन्टाइनमा राख्ने बताएका छन् । साथै, उनले बढी शंकास्पद व्यक्तिलाई अस्पताल लगिने र क्वारेन्टाइनस्थल सरकारको मातहतमा नै रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्