माओवादी पूर्वलडाकु शर्मिलाको भारतमा रहस्यमय मृत्यु



बुटवल : माओवादी पूर्वलडाकु शर्मिला विकको भारतमा रहस्यमय मृत्यु भएको छ । गुल्मीकी  विकको भारतको नयाँ दिल्लीस्थित गुडगावा पालम बिहार, सेक्टर २३  ए–ब्लक मा रहस्यमय मृत्यु भएको हो । 

 

उक्त ब्लकको पार्कभित्र रहेको ४ फिट उचाईको सानो रुखको पोथ्रामा पाँच फिट अग्ली शर्मिला झुण्डिएको अबस्थामा फेला परेकी छन् । मृतक विकको उचाईभन्दा रुखको उचाई कम देखिएकोले उनको मृत्युप्रति शंका जन्मिएको नेपाली संघ संगठनले जनाएका छन् ।

 

जनयुद्धकालमा लामो समय लडाकु रहेकी विक शान्ति प्रक्रियापछि अयोग्य ठहर भई  बाहिरिएकी थिइन् । त्यसपछि शर्मिला भारत पलायन हुन बाध्य भएकी थिइन् । विक अक्टोबर ६ को राती कोठाबाट श्रीमान र जेठाजुसँग झगडा गरेर निस्किएको उनका श्रीमान नरेश विकले बताएका छन् ।

 

उनका १३ वर्षीया छोरी र १० वर्षीय छोरा छन् । उनको शव सोमबारै परिवारले बुझेर अन्त्यष्टि गरिसकिएको छ । 

प्रतिक्रिया दिनुहोस्