छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु



काठमाडौं : बारा, रुपन्देही, बाँके र नवलपरासी (पश्चिम)का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

बारा,प्रसौनी गाउँपालिका(२ स्थित सडकमा बा.३० प ४६६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका बस्ने १८ वर्षीय सुवास पटेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो हस्पिटल बीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।

रुपन्देही,सियारी गाउँपालिका–७ भर्तापुरस्थित सडकमा लु.३ त ८५८५ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने केशब केवटको ३ वर्षीय छोरानिरज केवटको बुधबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, बैजनाथ गाउँपालिका–५ कृष्णकमल कटेजस्थित सडकमा भे।६ प ७२४१ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ५५ वर्षीय दिल बहादुर पुनको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी (पश्चिम),प्रतापपुर गाउँपालिका–७ सूर्यपुरास्थित सडकमा लु।३२ प ३९०६ नम्बर र यूपी ५३ एडी ५११८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा लु।३२ प ३९०६ नम्बर मोटरसाइकल चालक बर्दघाट नगरपालिका–१५ कुकुरमाराबस्ने ३५ वर्षीय राजनसुनारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीरघाइतेभएका उनको लुम्बिनीसिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका यूपी ५३ एडी ५११८ नम्बरको मोटरसाइकल चालक भारतकुशिनगरबस्ने ३२ वर्षीय अमितपाल र सुस्तागाउँपालिका(३ बालुवाटोलबस्ने ८० वर्षीय रामराजापालको शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्