नेपाल फर्किरहेका दुईलाई कोरोनाको आशंकामा बिहारको अस्पतालको आइसोलेसनमा राखियो



एजेन्सी : भारतको बिहारको मधुबनी जिल्लामा दुई जनालाई कोरोना संक्रमणको आशंकामा सदर अस्पतालमा राखिएको छ ।

अहमदाबादबाट नेपाल फर्किँदै गरेका शिव कुमार र राजन पासवान एक्कासी बिरामी परेपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार नेपालको खजुरा भन्ने ठाउँका उनीहरुमा कोरोना भाइरसका लक्षण देखिएपछि परिवारलाई सूचना दिएर उनीहरुलाई जयनगर अनुमन्डलीय अस्पतालबाट चेकजाँच पछि सदर अस्पताल लगिएको हो ।

रिपोर्ट नआउँदासम्म उनीहरुलाई अस्पतालमै राखिने समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्