एसिया कप क्रिकेटमा भारतविरुद्ध हङकङ



काठमाडौं : एसिया कप क्रिकेटमा आज (मंगलबार) हङकङले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दै छ ।

 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ ५ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । हङकङलाई पराजित गरे भारत एक खेल खेल्नुअघि नै सेमिफाइनलमा प्रवेश गर्ने छ ।

 

भारतलाई पराजित गर्न सकेमा हङकङको पनि सेमिफाइनल पुग्ने सम्भावना जीवितै रहनेछ । हङकङले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ८ विकेटको हार ब्यहोरेको थियो । यता भारतको भने युएईमा जारी एसिया कपमा यो पहिलो खेल हो ।

 

टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ३७.१ ओभरमा सबै विकेटको क्षतिमा ११६ रन मात्रै बनाएको थियो । तुलनात्मक रुपमा हङकङले पाकिस्तानविरुद्ध फितलो ब्याटिङ गरेको थियो । त्यही गल्तीलाई सच्याउँदै भारतविरुद्ध राम्रो ब्याटिङ गर्ने लक्ष्यमा हङकङ रहेको छ ।

 

यता भारत भने रोहित शर्माको कप्तानीमा पहिलो पटक जारी एसिया कपमा खेल्दै छ । नियमित कप्तान विराट कोहली एसिया कप नखेल्ने भएसँगै भारतको नेतृत्व रोहित शर्मालाई दिइएको हो ।

 

भारत र हङकङबीच अहिलेसम्म १ खेलमा मात्रै भेट भएको छ । हङकङ एसोसिएट राष्ट्र हो । त्यसकारण पनि टेस्ट नेसन राष्ट्रसँग प्रतिस्पर्धा गर्ने अवसर विरलै पाउने गरेको छ ।

 

सन् २००८ मा पाकिस्तानको कराँचीमा सम्पन्न एसिया कप मै हङकङ र भारतले प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा भारत २५६ रनको भारीअन्तरले विजयी भएको थियो । त्यसबेला भारतका तत्कालीन कप्तान महेन्द्रसिंह धोनी र सुरेश रैनाले शतक बनाएका थिए ।

 

३७५ रनको विशाल लक्ष्य पछ्याएको हङकङले ३६.५ ओभरमा ११८ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

पर्सा : प्रहरीको अपराध नियन्त्रण टोलिले असइ पदको लागि नक्कली परिक्षा लिई रहेको अवस्था २७

काठमाडौं : खाडीका ४ देशबाट भोलि (बिहिबार) अर्थात अक्टोबर १ देखि नियमित उडान शुरु हुने

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने भएको छ । बूढानीलकण्ठमा आज

काठमाडौं : सरकारले बझाङकी सम्झना कामीमाथि भएको बलात्कार तथा हत्याका आरोपितलाई कानुनको कठघरामा ल्याउन कडा

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई बुधबार खुलामञ्चमा खाना बाँड्न

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई

चितवन : चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मंगलबार बसेको कार्यपालिका

सप्तरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसन पूर्वानुमान महाशाखाले आज (बुधबार) आंशिक बदली रही

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ सहित देशभर १५१३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्ने क्रम रोकिएको