रसुवागढीमा २ सय ५० प्रतिशतले भन्सार असुली वृद्धि



रसुवा : तातोपानी नाका बन्द भई उत्तरी नाका रसुवागढीबाट चीनसँगको व्यापारिक कारोबार सुरु भएपछि रसुवा भन्सार कार्यालय टिमुरेले करिब १५ अर्ब राजस्व संकलन गरेकाे छ ।

 

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार २०७२ साल मङ्सिरदेखि चालू आवको पुस मसान्तसम्म भ्याटसमेत गरी १५ अर्ब १२ करोड ६७ लाख राजस्व आर्जन भएकोे छ । 

शनिबार मनाइने ६७ औँ विश्व भन्सार दिवस कार्यक्रम तयारीका सिलसिलामा प्रमुख भन्सार अधिकृत खड्काले समयसापेक्ष भन्सारको काममा सुधार गर्न सिसी क्यामरा जडान गरी चुहावट रोक्न प्रयास गरिएको, जाँचकीलाई दिनैपिच्छे फरक फरक सामान परीक्षणमा खटाइएको, सुरक्षा अङ्ग अहोरात्र परिचालन भएका कारण चोरी निकासी अन्त्य भएकाले राजशस्वमा वृद्धि भएको बताए ।

सुधारको प्रयास सुरु भएका कारण गत आवको साउनदेखि पुससम्मको तुलनामा चालु आर्थिक वर्षमा २ सय ५० प्रतिशतले भन्सार असुली वृद्धि भएको भन्सार कार्यालय टिमुरेले जनाएको छ । भन्सार हातामा सामान परीक्षणका लागि ३० जाँचकी नियमित परिचालन भरहेका र परीक्षण गर्दा कुहिने चिजलाई पहिलो प्राथमिकता दिइने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्