फेरि चर्चामा मलाइकाको पहिरन



एजेन्सी : बलिउडकी ‘आइटम गर्ल’ मलाइका अरोरालाई पछिल्लो सामाजिक सञ्जालमा नदेखेको कुनै दिन नै हुँदैन । उनको पहिरन र हट लुक्स सधैँ चर्चामा आइरहन्छ ।

उनी, फेरि एकपटक जीममा लगाएको पहिरनका कारण चर्चामा आएकी छिन् ।

जीमबाट बाहिर निस्कदै गर्दा मलाइकाले लगाएको स्किन रंगको पहिरनले चर्चा पाएको छ । यो तस्वीर र भिडियो सार्वजनिक भएसँगै सामाजिक संजालमा उनलाई लिएर ट्रोल पनि बनिरहेका छन् ।

कतिपयले उनलाई किम कार्दशियनको सस्तो रुप भन्दै आलोचना गरेका छन् भने कतिपयले अहिलेसम्मकै झुर पहिरन भनेर आलोचना गरेका छन् । कतिपयले उनलाई आफ्नो उमेर पनि हेर्न भन्दै प्रतिक्रिया दिएका छन् ।

आइटम गर्ल मलाइका अरोरा खान जीममा विशेष ध्यान दिन्छिन् । ४६ बर्षकी यी सुन्दरी जीमसँगै योगा पनि गर्छिन् । यसैले, ४६ बर्षको उमेरमा पनि उनको सुन्दरता कायमै छ ।

प्रतिक्रिया दिनुहोस्