सेयर लगानीकर्ताले तत्काल प्यान लिनु नपर्ने



काठमाडौं : सेयर लगानीकर्ताले तत्कालका लागि स्थायी लेखा नम्बर (प्यान) लिनु नपर्ने भएको छ । शुक्रबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) तथ लगानीकर्ता संघहरुबीच बसेको बैठकले तत्कालका लागि प्यान लिनु नपर्ने निर्णय गरेको हो ।

 

सरकारले चालु आवको बजेटमा उल्लेख गरेको यसविषय कार्यान्वयनका लागि भन्दै नेपाल धितोपत्र बोर्डले नेप्सेलाई पत्र काटेको थियो । सोही विषयमा छलफल गर्ने नेप्सेले लगानीकर्ता डाकेको हो ।

 

नेप्सेले यसविषयमा लगानीकर्तासँग छलफल गर्दा लगानीकर्ताले तत्कालका लागि सेयर बजारका विभिन्न समस्या समाधान गरिनुपर्ने माग राखेका थिए ।

 

शुक्रबारको बैठकले सेयर बजार विषम परिस्थितिमा रहेका कारण प्यानको कुरा अहिलेका समस्या समाधान भएपछि मात्र उठाउने निर्णय गरेको हो । नेप्सेले यो बैठकको सहमति बोर्डलाई रिपोर्ट गर्नेछ ।

 

बैठकले प्यान कार्यान्वयन गर्नुअघि पर्याप्त तयारी र लगानीकर्ता सचेताना कार्यक्रम सञ्चालन गरिनुपर्ने निष्कर्श पनि निकालेको छ ।

 

शुक्रबारको बैठकमा नेप्से महाप्रबन्धक चन्द्रसिंह साउद, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, उपाध्यक्ष ताराप्रसाल फुल्लेल, नेपाल इन्भेस्टर्स फोरम, नेपाल पुँजीबजार संघ, नेपाल पुँजीबजार लगानीकर्ता संघ र सेयर लगानीकर्ता दबाब समूहका प्रतिनिधि सहभागी थिए । 

 

प्रतिक्रिया दिनुहोस्