कोरोना भाइरसको त्रासबीच पनि ‘२ नम्बरी’ को छायाङ्कन हुँदै



काठमाडौं : कोरोना भाइरसको त्रासबीच पनि नेपाली चलचित्र ‘२ नम्बरी’ को छायाङ्कन सुरु भएको छ ।

दीपेन्द्र लामाको निर्देशनमा तयार हुन लागेको नयाँ चलचित्रको बिहीबारदेखि पोखरामा छायाङ्कन सुरु गरिएको हो ।

चलचित्रको ३५ दिनको सेड्युल तयार गरिएको छ ।

चलचित्रका मुख्य कलाकार नायक दयाहाङ राई र नायिका उगेन छोदेनले पहिलो सट दिएका छन् । सम्पूर्ण छायाङ्कन पोखरामा नै हुने निर्माण पक्षले बताएको छ ।

जसको लागी पल शाह र वर्षा राउत पनि चैतको पहिलो हप्ता पोखरा जानेछन् । कोरोना त्रासका कारण चलचित्रको छायाङ्कन रोक्न आग्रह गरिए पनि केही चलचित्रको छायाङ्कनको काम जारी रहेको छ ।

आगामी वर्षको जनै पूर्णिमामा रिलिज टार्गेट लिएको चलचित्रले २ साथीको मित्रताको कथा भन्छ । रेड वर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपाली निर्माता रहेको यो चलचित्रको प्रस्तुत कर्ता किरण नेपाली हुन् भने रत्न श्रेष्ठ चलचित्रको कार्यकारी निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्