कोरोना भाइरसको संक्रमणमा ‘पोर्न साइट’हरुको यस्तो धन्दा



एजेन्सी : चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ ।

कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

कोरोना भाइरसको संक्रमणको डर भए पनि ‘मास्क’ र भाइरलबाट जोगिने गाउन लगाएर यौन सम्पर्क गरिराखेका भिडिओ बाहिर आउन थालेका छन् ।

डेलीमेलमा प्रकाशित समाचार अनुसार ‘डिसर्टेड वुहान’, ‘टीएसए एजेन्ट डिटेन्स वुमन सस्पेक्टेड अफ कोरोना भाइरस’ जस्ता टाइटलका भिडिओ पोर्न साइटमा देदिएका छन् ।

साथै पीपीइ अर्थात् विशेष खालको सूट, फेस मास्क तथा हस्पिटल गाउन जस्ता पहिरनमा यौन सम्पर्क गरिराखेका भिडिओ ती साइटले उत्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्