नेपाली कागजमा लगानी गर्ने वातावरण बनाइदिनुहाेस् : इयू



काठमाडौं : युरोपियन युनियन (इयू) नेपाली कागजमा लगानी गर्न इच्छुक देखिएको छ।

 

नेपालका लागि इयूकी राजदुत भेरोनिका कोडीले नेपाली कागजको माग युरोपियन मूलुकमा रहेकोे उल्लेख गर्दै त्यसमा लगानी गर्ने चाहना व्यक्त गरेकी हुन्।

 

मंगलबार नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा आयोजना गरेको ‘इयू र नेपालको आर्थिक सम्बन्ध’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले नेपालको पर्यटन क्षेत्रको विकासमा पनि इयूअन्तर्गतका सदस्य राष्ट्रहरु लगानी गर्न प्रतिवद्ध रहेको पनि बताइन्।

 

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको हस्तकलासँग सम्बन्धित उत्पादन वृद्धिका लागि लगानी बढाउन इयूलाई आग्रह गरे। 

 

इयूअन्तर्गतको फ्रान्स, बेलायत र जर्मन लगायतका मूलुकहरुले नेपाली कागज, पश्मिनालगायतका ठूलो परिमाणमा हस्तनिर्मित सामानहरु आयात गर्दै आएका छन्। 

प्रतिक्रिया दिनुहोस्