काठमाडौंबाट ३ लाखभन्दा बढी सर्जिकल मास्क बरामद



काठमाडौं : काठमाडौंको कपन र सतुंगलबाट ३ लाभभन्दा बढी सर्जिकल मास्क बरामद भएको छ ।

आइतबार कालोबजारी गरेको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उक्त मास्क बरामद गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले प्रहरी टोलीले छापा मारेर उक्त मास्क बरामद गरेको जानकारी दिएका छन् ।

डीएसपी बोगटीका अनुसार विशेष सूचनाका आधारमा छापा मार्दा कपनबाट डेढ लाख मास्क र सतुंगलबाट पनि डेढ लाखभन्दा बढी मास्क बरामद गरेको हो ।

पछिल्लो समय विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बँच्न प्रयोग हुने मास्क अभाव हुन थालेपछि प्रहरीले कालोबजारी हुन नदिन बजार अनुगमन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्