कोरोनाभाइरस : अष्ट्रियामा पाँच जनाभन्दा बढी भेला हुन रोक


एजेन्सी : अस्ट्रियामा कोरोना भाइरसको संक्रमण बढ्ने क्रम तीब्र हुन थालेको भन्दै रोकथामका कडा उपायलाई अवलम्बन गर्न नागरिकलाई सरकारले आग्रह गरेको छ ।

सरकारले आइतबार एक निर्देशन जारी गर्दै सङ्क्रमणलाई नियन्त्रण गर्न पाँच वा सोभन्दा बढी संख्यामा मानिसहरु भेला हुन रोक लगाएको छ ।

सरकारले अनावश्यक रूपमा हुने आवागमनलाई पनि रोक्न आवश्यक भइसकेको जनाउँदै अत्यावश्यकबाहेक घरभन्दा बाहिर ननिस्कन आग्रह गरेको छ । सरकारले आगामी मङ्गलबारदेखि यहाँका रेस्टुरेन्टहरु पनि बन्द गर्ने तयारी गरिरहेको सरकारी अधिकारीले बताएका छन् ।

अष्ट्रियामा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि सरकारले नियन्त्रणका लागि कडा कदम लिएको बताइएको छ । आइतबार सङ्क्रमितको सङ्ख्या ८०० पुगेको छ भने पछिल्लो एक दिनमा मात्रै १४५ जनामा सङ्क्रमण देखिएको छ ।

अस्ट्रियाले बेलायत, नेदरल्यान्ड्स, रुस, युक्रेन, इटाली र स्वीजरल्यान्डका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

यसैबीच विश्वभर एक लाख ५२ हजार ४२८ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठनले आइतबार जनाएको छ । उनका अनुसार विश्वका १४१ मुलुकमा कोरोनाको सङ्क्रमण फैलिएको र सङ्क्रमितमध्ये पाँच हजार ७२० जनाको उपचारका क्रममा मृत्यु भएको छ । लगभग छ हजारको सङ्ख्यामा सङ्क्रमणका जटिल समस्या रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संगठनका प्रवक्ता फादेला चाइबले पछिल्ला दिनमा यूरोपमा सङ्क्रमणको प्रकोप बढी देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक ताकेशी कासाईले एसियामा कोरोनाभाइरसको महामारीको अवस्था निश्चित

काठमाडौं : सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषदको

काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या ८ लाख भन्दा बढी पुगेको छ। नेपाली समय अनुसार

काठमाडौं : कोरोनाभाइरस (कोभिड –१९) को सङ्क्रमण्मा रोक्ने उद्देश्यले मुलुकमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले

काठमाडौं : सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिना शर्त कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको आशंकामा पाटन अस्पताल र वीर अस्पतालमा भर्ना भएर उपचारका क्रममा

काठमाडौं : आवश्यक पर्ने उपकरणहरु भित्र्याइएसँगै काठमाडौं उपत्यका बाहिर दैनिक १ हजार जनको कोरोना भाइरस

काठमाडौं : विश्व अहिले अदृश्य महामारी रोगसँग जुध्दै छ । यहीँ अदृश्य महामारी कोरोनाभाइरस (कोभिड–१९)को

काठमाडौं : कोरोनाभाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए

वीरगन्ज : पेट्रोलिय पदार्थ बोक्ने नेपाली ट्यांकरलाई भारतीय प्रहरीले रोक लगाएको छ । वीरगन्जबाट करिब

काठमाडौं : मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक

काठमाडौं : दाङका निश्चल रेग्मी स्नातकोत्तर तह अध्ययनका लागि गत फेब्रुअरी महिनामा ब्रिटेन आइपुगे।उनी वेल्सको